
पौष २४ गते (सुक्रबार )जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भु-भागमा हुस्सु् / कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।