काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित एल्लो टाइगर ले “हामी पनि नाच्ने सानू सगै डिस्कोमा”गितको छायांकन गरेको छ । ईश्वर लुङ्गेली मगर को सुमधुर स्वरमा रहेको गीतको शब्द इश्वरले नै कोर्नु भएको थियो ।दपिक रेकर्डिङ इस्टुडियोमा रेकर्डिङ भएको उक्त गित मान बहादुर कुलुङ ले संगीत गर्नु भएको थियो । जनक राज अधिकारी ले छायांकन गरेको म्युजिक भिडियोलाई बुलेट सनले निर्देशन गरेका छन्।उक्त गितमा नायीका एलिन रायमाझी र नायक नवीन बुढाथोकी र दिप खड्काले अभिनय गर्नु भएको छ। बुलेट सन नेपालि गीतसंगीतलाई फरक शैलीले निर्देशन गर्ने निर्देशक हुन् । बिगत लामो समय भारतको दिल्लीमा निर्त्य र अभिनय सिकेर नेपाल फर्केका (बुलेट सन) अहिलेको जुम्मा सालसा देखि मोडन डान्समा धेरैनै पोक्त छ्न अहिले नेपाली संगितिक क्षेत्रमा आफ्नो पकड जमाउदै सानो उमेरमै उहाँको गतिलोनिर्देशनमा फड्को मार्नु भएको छ।सानो उमेर देखि नै यहि क्षेत्रमा लागेका बुलेट सन १(एक) दर्जन गीतमा निर्देशन गरिसकेका छन् । बास्तविक घटनामा चित्रण गर्न माहिर बुलेट सन पछिल्लो समय एकाएक चर्चामा आएका छन् । बुलेट सन। बुटवल देखि दिल्ली र काठमाडौं सममा को कलाकारबन्ने सपना सजिलो र अफ्ट्यारो यात्रा हरुको बारेमा अनुभव बारेमा समेत केही भन्दै उहाँ हरेक काममा उतिकै प्रेरणादाई रहेको समेत बताउनु भयो । यो म्युजिक भिडियो एल्लो टाइगर मुभी इनटर्टेनमेन्ट प्रा लि ले बजारमा केही दिनमा ल्याउने जनाए को छ ।
