काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा पुग्नुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नुभएको थियो । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाले अर्कै मोड लिएकाले आजको लागि तयरी गरिएको बैठक अन्योलमा परेको पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक रुपमा कुनैपनि जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
