संसद विघटनको सिफारिस संविधान विपरीत : गगन थापा
संसद विघटनको सिफारिस संविधान विपरीत : गगन थापा

काठमाडौं ५ पुस । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् ।
संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भने, ‘जुन तरिकाले संसद विघटन सिफारिस प्रधानमत्रीले गर्नु भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ उहाले भानु भयो । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्मत छैन ।’
जे निर्णय दिएपनि नेकपा पाएको जनमतको वैधता भने सकिने उनले बताए । ‘३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको वैधता सकियो । यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधिक मात्र हुनेछ ।’
उहाले सामाजिक संजालमा लेख्दै संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।