रमिला योन्जन
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार प्रधानमन्त्रि ओलीले अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गर्नुभएको छ ।
भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गर्नु भएको थियो ।
स्थायी कमिटी बैठक अघि मंसिर १७ गते पनि प्रधानमन्त्री ओलीले दाहाललाई भेट्नुभएको थियो ।
उहाँले उक्त बैठक रोकेर सहमतिका लागि आग्रह गर्नु भएको थियो । दाहालले सबै कुरा बैठकमा नै राख्न भनेपछि प्रधानमन्त्रिले कुनै जवाफ नर्फकाएको स्रोतले जनाएको छ ।
भेटघाटमा बुधबार पूर्वएमालेका नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीले आइतबारको बैठकअघि पनि दाहाल सँग सहकार्यको लागि निरन्तर प्रस्ताव राख्नुभएको स्रोतको दाबी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दिउँसो दाहाल निवास खुमलटार पुगेर प्रधानमन्त्री ओलिको सन्देश सुनाउनुभएको थियो । आइतबार बैठक बस्नु अगाडी पोखरेलपछि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुग्नुभएको थियो ।
अध्यक्ष दाहालले दुवैलाई विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँ बाट नै निर्णय हुने बताउनु भएको थियो ।
