प्रधानमन्त्रि ओलिद्धारा प्रचन्डलाई सहमति गर्न आग्रह
प्रधानमन्त्रि ओलिद्धारा प्रचन्डलाई सहमति गर्न आग्रह

रमिला योन्जन
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार प्रधानमन्त्रि ओलीले अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गर्नुभएको छ ।
भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गर्नु भएको थियो ।
स्थायी कमिटी बैठक अघि मंसिर १७ गते पनि प्रधानमन्त्री ओलीले दाहाललाई भेट्नुभएको थियो ।
उहाँले उक्त बैठक रोकेर सहमतिका लागि आग्रह गर्नु भएको थियो । दाहालले सबै कुरा बैठकमा नै राख्न भनेपछि प्रधानमन्त्रिले कुनै जवाफ नर्फकाएको स्रोतले जनाएको छ ।
भेटघाटमा बुधबार पूर्वएमालेका नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीले आइतबारको बैठकअघि पनि दाहाल सँग सहकार्यको लागि निरन्तर प्रस्ताव राख्नुभएको स्रोतको दाबी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दिउँसो दाहाल निवास खुमलटार पुगेर प्रधानमन्त्री ओलिको सन्देश सुनाउनुभएको थियो । आइतबार बैठक बस्नु अगाडी पोखरेलपछि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुग्नुभएको थियो ।
अध्यक्ष दाहालले दुवैलाई विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँ बाट नै निर्णय हुने बताउनु भएको थियो ।