रमिला योन्जन
राजसंस्था पक्षधरहरूले ललितपुमा विशाल मोटरसाइकल ¥याली निकालेका छन् । राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको उक्त ¥यालीलाई राप्रपाका कार्यकर्ताहरुले नेतृत्व गरेका छन । ¥यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारालगाएको थिए ¥याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले ¥यालीको नेतृत्व गर्नु भएको थियो ।
उक्त ¥याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केर कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो । जुलुशमा सहभागीले जावलाखेलस्थित स्व.राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा सहित ¥यालीमा बहुसंख्यक युवा सहभागी भएका थिए । देशका विभिन्न ठाउँमा विगत केही समयदेखि राजसंस्थाको पक्षमा राप्रपका कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् ।
