समाचार

क्रिश्मसपछि कोरोना भाइरसको अर्को लहर आउने विज्ञको यस्तो चेतावनी

[mashshare]

एजेन्सी, २३ मंसिर : अमेरिकाका वरिष्ठ संक्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् । वरिष्ठ संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा ‘थ्याङस्गिभिङ डे’ पछि कोरोनाको संक्रमण बढेकाले क्रिसमसपछि झन् बढ्ने चेतावनी दिएका छन् । उनले क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

समाचार संस्था सीएनएनसँग कुरा गर्दै उनले लामो बिदाको समय आउन लागेकाले परिस्थिति थप जटिल बन्न सक्ने बताएका हुन् । अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।कोरोना भाइरसका बिरामीले अस्पतालहरू भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् ।

यस्तै, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अमेरिकामा १ करोड ५३ लाखभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने दुई लाख ९० हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close