समाचार

सुनचाँदीको मूल्य ह्वातै बढ्यो

[mashshare]

काठमाडौं, २३ मंसिर : मंगलबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा झरेको थियो । गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछि फेरि उकालो लाग्न थालेको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ भने, सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको छ ।विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको मूल्य घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको मूल्य यसै बढ्यो भन्ने कुनै पनि ठोस कारण छैन ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close