विश्व

अफगानस्थानमा दुई शक्तिशाली विष्फोट:१४ को मृत्यु ,४५ घाइते

[mashshare]

मङ्सिर १०,बुधबार/ अफगानिस्तानको बामियान प्रान्तमा भएको दुई शक्तिशाली विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने घटनामा परी थप ४५ जना घाइते भएका छन् । सो प्रान्तका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बमियान सहरको मुख्य बजारको सडक छेउमा दुई बमहरु लुकाएर राखिएको थियो । सोही बम विष्फोट हुँदा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको हो । त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका छन् ।

अफगानिस्तानको सहयोगका लागि स्विट्जरल्याण्डमा सम्मेलन चलिरहेको अवस्थामा अफगानिस्तानमा उक्त विष्फोट भएको हो । यो विष्फोट कसले गराएको हो भन्ने विषयमा भने अझै खुल्न सकेको छैन । अफगानिस्तानको मुख्य विद्रोही तालिबानले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगानिस्तान र तालिबानबीच कतारमा दुई दशकदेखि मुलुकमा जारी युद्ध अन्त्य गर्न शान्तिवार्ता चलिरहेको छ ।

सन् २०२० को सुरुआती नौ महिनामा सरकार र तालिबानका लडाकुबीचको युद्धमा परी ६ हजार अफगानी नागरिकको मृत्यु वा घाइते भएका थिए ।

स्रोत : रोयटर्स,ok

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close