समाचार
[mashshare]
राष्ट्रपति भण्डारीद्वारा नेपाल औषधि(तेस्रो संशोधन)अध्यादेश २०७७ जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।
संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी नेपालमा तयारी गर्न आवश्यक समय समेतका लागि अहिले नै अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।केही दिनअघि स्वास्थ्य तथा जनसंख्यान मन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।