नेपालमा पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।त्यस्तै मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भए संगै १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् भने देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित रहेका छन् ।
