समाचार
[mashshare]
फलामको कुटोले टाउकोमा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा बैजनाथ गाउँपालिका-८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।