बुधबार राजधानीको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवति मृत फेला परेकी छन् । गेष्टहाउसमा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी
अधिकारी मृत फेला परेकी हुन् ।
कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसमा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अधिकारी मंगलबार राति सो होटलमा आएर बसेको अनुसन्धानबाट खुलेको छ ।बुधबार बिहान अबेरसम्म पनि तल नझरेपछि गेस्ट हाउसका स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी प्रहरीले बताएको छ।
मृतक अधिकारीको साथबाट लागुऔषध नाइट्रोभेट पनि भेटाएको प्रहरीले बताएको छ । अधिकारीको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।
