
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार)को मौसम पूर्वानुमान जारी गरेको छ।पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेन महाशाखाले जनाएको छ ।अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन् ।
हाल प्रदेश १ मा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।