भक्तपुरमा कोरोना भाइरस संक्रमितको दर र मृत्यु दर दैनिक बढ्दै गएको छ। जिल्लामा शुक्रबार बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ हजार ५०० नाघेको छ।जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा पुरुष ३हजार १७५ र महिला २हजार ४२१ गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ हजार ५९६ जना पुगेको छ।
त्यसै गरी भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ।बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण ५ जनाको ज्यान गएको छ।
कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको छ।
त्यस्तै कोरोना भाइरस सक्रमण भई निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ। बिहीबारसम्म २ हजार ८१ पुरुष र १ हजार ६१८ महिला गरी ३ हजार ६९९ सङ्क्रमित निको भएर घर गएका छन ।भक्तपुरमा हाल १ हजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय सङ्क्रमित रहेका छन्।
