भक्तपुर सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् । दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ । आज बिहान डियुटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको हुन्।
बुधबार बिहान १:५५ बजे परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।मृतकको शव चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको काठमाडौँ मेडिकल कलेजको अस्पतालमा मोस्ट्मार्टम गरिएको छ ।यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पारिवारका सदस्य आएर उनको शव बुझेको समेत प्रहरीले जानकारी दिएको छ ।
