बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवलमा शनिबार राती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो।त्यसैगरी गत असोज २२ कोरोना पुष्टि भएर २४ गतेदेखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षिय पुरुषको पनि शनिबार राती करिब १० बजे मृत्यु भएको छ।बुटवल ११ का ८४ वर्षीय पुरुषको आईसोलेसन अस्पतालमा बेड खाली नभएर अस्पताल खोज्दै गर्दा मृत्यु भएको छ।वृद्धलाई रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएपछि दाङ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।
