नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको असोज २१ गते १८ जनाको स्वाब सङ्कलन गरेर पठाएकोमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योविन्द्रसिंह तामाङ (अध्यक्ष), उपाध्यक्ष अञ्जु आचार्य, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, २ जना एम्बुलेन्स चालक र ५ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमण देखिए पश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको गाउँपालिका स्वास्थ शाखाले जनाएको छ ।
