बुटवलमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत् दुई जनामध्ये एक जनाको शुक्रबार साँझ र अर्को एक जनाको शनिबार बिहान मृत्यु भएको हो।
अस्पतालको अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको हो।उनलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पिसिआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको थियो।
त्यस्तै, बुटवल १० का ७९ वर्षीय पुरूष पनि शनिबार बिहान सबा सात बजे मृत्यु भएको अस्पताल ले पुष्टि गरेको छ ।
