जुम्लाबाट अनशन सुरु गरेका डा. केसी अहिले राजधानीको त्रिवि शिक्षण अस्पतालमा २२ औँ दिनको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ।
डा. केसीलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
उपचार मा खटिएका डाक्टर का अनुसार डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ।
उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भन्न नसकिने समेत उपचारमा संलग्न डाक्टर ले बताएका छन् भने
डा. केसीले आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्।
जुम्लाबाट अनशन सुरु गरेका डा. केसी अहिले राजधानीको त्रिवि शिक्षण अस्पतालमा २२ औँ दिनको सत्याग्रहमा छन्।
