
यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन नलगाउने भएको छ । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि नभएको हुँदा दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक बाट मात्र नभई आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् ।यसपटक लाइन लगाएर बाँढ्ने पक्षमा नभएको नेपाल रास्ट्र बैंक ले जनाएको छ ।नयाँ नोट चाहिए बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत सर्वसाधारणले लिन सक्ने रास्ट्र बैंक ले जनाएको छ ।