चार्जमा राखेर मोबाइलमा भिडियो हेर्दै गर्दा करेन्ट लागेर रोल्पामा सुनिलस्मृति गाउँपालिका -१ का ४३ बर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर भरत नेपालीको मृत्यु भएको हो। वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते नेपालीको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा ले जनाएको छ ।

