भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६३ लाख १२ हजार ५८५ पुगेको हो ।पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८६ हजार ८२१ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो केही दिन नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि पुन: वृद्धि हुन थालेको छ । भारतको स्वास्थ मन्त्रालय ले बुधबार दिइएको जानकारीअनुसार त्यसअघिको २४ घण्टामा ८० हजार ७६४ नयाँ संक्रमित थपिएका थिए।
भारतमा कोरोना को कारण मृत्यु हुनेको संख्या पनि ९८ हजार नाघेको छ । अहिलेसम्म ९८ हजार ६७८ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार १८१ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
