हुम्लामा नेपाल-चीन सीमा विवाद आइरहेका बेला गृह मन्त्री रामबहादुर थापाले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेका छन्। चीनले नेपाली भूमि अतिक्रमण नगरेको थापाले बताएका हुन्।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले नै यसबारे स्पष्ट पारिसकेकाले मिडियामा आए जस्तो नेपाली भूमि अतिक्रमण नभएको थापाले बताएका छन् ।उनले दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरी शनिवार सुर्खेतमा गृहमन्त्री थापाले पार्टी र सरकारका तर्फबाट मुख्यमन्त्री परिवर्तन गर्ने भन्ने निर्णय नभएको समेत बताएका छन्।
