
दाङको तुलसीपुरबाट ५ किलो अफिमसहित २ जना पक्राउ परेका छन् । गए राति अफिमसहित रोल्पाको थबाङ घर भइ हाल तुलसीपुर बस्दै आएका ४६ वर्षीय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिएको छ ।उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेकोजिल्ल्ला प्रहरी कार्यालय दाङ ले जानकारी दिएको छ।