
कैलाली गौरीगंगा नगरपालिकामा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने , घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको र खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।