
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ, अहिलेसम्म भारतमा ५६ लाख ४६ हजार ११ जना कोरोना संक्रमित पुगेको छ।भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८५ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म भारतमा ५६ लाख ४६ हजार ११ जना कोरोना संक्रमित पुग्दा ९० हजार २० जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।
भारतमा ९ लाख ६८ हजार ३ सय ७७ जनामा अझै कोरोना संक्रमण सक्रिया नै रहेको छ ।