विश्व
[mashshare]
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २ लाख नाघ्यो
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २ लाख नाघ्यो

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख बढी भइसकेको छ। विश्वमा संक्रमण सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मृतक संख्या दुई लाख पुग्नु खतरनाक हुने बताउँदै थिए। उनले योसँगै आफ्नो हस्तक्षेपका कारण मृतक संख्या कम भएको दाबी गरेका थिए।March महिनामा ट्रम्पले देशमा कोरोनाका कारण हुने मृत्यु एक देखि दुई लाखकोबीचमा रहेमा देशले कोरोनाविरूद्धको लडाईंमा राम्रो काम गरेको देखाउने बताएका थिए।
तर मृतक संख्या दुई लाख नाघेसँगै कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरूदेखि नै सो-को व्यवस्थापनका लागि आलोचना खेप्दै आएका ट्रम्पका लागि मृतकको यो संख्याले उनले राम्रो काम गर्न नसकेको देखाएको छ।