एकीकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्त बीच चुनाव चिन्हबारे सहमति जुटेकाे छ । सहमति अनुसार एकीकृत राप्रपाकाे चुनावचिन्ह ‘हलो’ राखिने भएको छ ।
एकता प्रक्रिया सुरू भएको करिब ६ महिनापछि चुनाव चिन्हमा सहमति जुटेकाे हाे । एकीकृत रास्ट्रीय प्रजातन्त्र पार्टी तीन अध्यक्षमध्येका एक कमल थापाले अाफ्नाे पूर्व राप्रपाकाे चुनावचिन्ह गाईलाई नै राख्ने प्रयास असफल भएकाेमा पीडाबाेध समेत आफ्नो सामाजिक संजाल मा ब्यक्त गरिसकेका छन् । थापाकाे असन्तुष्टिका बीच चुनाव चिन्हमा सहमति जुटेको ह।
