गत शुक्रबार भारतको जयनगर बाट नेपाल को जनकपुर आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन्।रेलवे कम्पनीका महाप्रबन्धकका अनुसार रेललाई अहिले धनुषाको इनरूवा स्टेशनमा छोपेर राखिएको छ। रेललाई पालले माथिबाट ढपक्कै छोपर राखिएको छ ।सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो तर उक्त स्टेशनमा सुरक्षा नहुने भन्दै फेरि रेल नेपाली भूमिमा रहेको स्टेशनमा ल्याइएको स्रोत को दावी छ।
रेल्वे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।भारतको जयनगर रेल्वे स्टेशन खुला भयपनि त्यहाँ भीडभाड बढी हुने र त्यहाँ रेल सुरक्षित नहुने भएपछि पुनः धनुषाको इनरूवा स्टेशनमा राखेको धनुषा प्रमुख जिल्ला अधिकारि ले जानकारी दिए ।
इनरुवा सशस्त्र प्रहरीका ५० जना सशस्त्र प्रहरीका जवान खटाइएको र जनकपुर-जयनगर रेल सेवा सञ्चालन नभएसम्म सुरक्षाका लागि हरबखत प्रहरी तैनाथ रहनेछन्।
#gaurishankarTsorolpaMedia
photo by setopati-

