आमा र दुइ छोरी को माछा पोखरीमा डुबेर मृत्यु
आमा र दुइ छोरी को माछा पोखरीमा डुबेर मृत्यु

मोरङमा माछा पालन गरेको पोखरीमा डुबेर एकै दिन , एकै परिवारका तीन जनाको मृत्यु भएको ।ग्रामथान गाउँपालिका बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया दुइ छोरीहरुको मृत्यु भएको हो।१३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका दुइ छोरी पोखरीमा डुबेपछि उद्धार गर्न गएकी आमा सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका आनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा गएकी थिइन् ।
ग्रामथान गाउँपालिका–२ का वडा अध्यक्ष का अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न गएकी थिइन्। उनीसँग दुई छोरीहरु पनि गएका थिए । गर्मीको समयमा कान्छी छोरी कृतिका पौडी खेल्न भन्दै पोखरीमा पसिन् उनि डुबेपछि निकाल्न भन्दै दिदि पबित्रा पोखरीमा पस्दा उनि पनि डूबेपछि उनीहरु कि आमा पनि पोखरीमा पसिन् । तर पोखरी गहिरो भएका कारण तीनैजना निस्कन सकेनन् । घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र शव भेटिएको थियो ।
घटनाको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिएको र प्रारम्भिक अनुसन्धानमा शंकास्पद विषय नभेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ।
उनका श्रीमान् ९ वर्ष यता सम्पर्क बिहीन रहेको र सिता र उनका दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।