समाचार
[mashshare]
काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिंङ्गका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४० , ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।
ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।