सत्तारुढ दल नेकपा को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल भएको छ ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएकाे हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
पुन;गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको पनि प्रबक्ता ले बताएका छन। मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको र संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको तर याे विषयमा निर्णय भने नभएको उनले जानकारी दिएका छन् ।
