बिभिन्न पर्दशन मा नाकारिकमाथि प्रहरी कर्मचारी ले गरेको बल प्रयोग गरेको जानकारी पाएपछि नेपाल प्रहरी ले ध्यानाकर्षण भएको जानकारि दिएको नेपाल प्रहरी ले आफ्नो आफ़िसियल फेसबुक पेजबाट उक्त जानकरी दिएको हो।नागरिक ले प्रहरी को यस्तो ब्यबहार प्रति सामाजिक संजाल ब्यापक बिरोध आएपछि गुनासो सम्बोधन गर्ने समेत जानकारी दिएको छ। घटना को छानबिन भैरहेको र घटना मा संलग्न प्रहरी लाइ महानगरीय प्रहरि कार्यालय ,रानीपोखरी लाई निर्देशन दिएको जानकारि दिएको छ।
नेपाल प्रहरी ले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ” विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।यहाँहरूबाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको छ।घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौँ ।”

