दार्चुलामा शनिबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये १९ जना पुरुष र दुई जना महिला रहेको स्वास्थ्य कार्यालय दार्चुला जानकारी दिएको छ । संक्रमितहरु भारतबाट आएको र अहिले क्वारेन्टाइनमा छन् ।
एकैदिन जिल्लाभरी २१ जनामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
