अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले संवादको कुनै पहल नगरेको भन्दै नेपाली कांग्रेसले इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न माग गरेको छ।केसी गत सोमबारदेखि जुम्लामा अनसनमा छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले केसीसँग संवादको कुनै पहल नगरेको विषयमा कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा केसी सँग भएको सम्झौता उल्लंघन गरेको नजिक नदोहोर्याएर इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।कांग्रेसले केसीको जीवन रक्षा माग गर्दै जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारसँग माग गरेको छ।
कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभूत आवाज उठ्नु स्वाभाविक र जरुरी रहेको भन्दै कांग्रेसले सरकारलाई केसीसँग संवाद थाल्न माग गरेको छ।
