मुख्य समाचारसमाचार
[mashshare]
भारतबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी दिउसो जनकपुर आइपुग्ने

छिमेकि रास्ट्र भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ। भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशकले जनाएका छन्।
दुइ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीकाको लागि विज्ञापन समेत खुलाएको छ।
तस्बिर रेल विभागका महानिर्देशक बलराम मिश्र को फेसबुक बाट –