पर्यटन

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्वि

[mashshare]

पर्यटकीय नगरी पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । पछिल्ला बर्षहरुमा देशका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु पोखरालाई गन्तव्य बनाउने गरेका छन् ।

आन्तरिक पर्यटकको संख्यामा आएको बृद्धिसंगै पोखरामा पर्यटकको चहलपहल बढेको छ । विशेषगरी पोखराको फेवा, महेन्द्र गुफा, घान्द्रुक, लगायतका पर्यटकीय क्षेत्रमा घुम्नका लागि आन्तरिक पर्यटक बढेको स्थानीय होटल व्यवसायीहरुको भनाई छ ।

दशै तिहारको विदाको सदुपयोग गर्न पर्यटकीय क्षेत्रमा घुम्न निकस्ने गर्दछ । जसका पोखरा पहिलो प्राथमिकता पर्ने गरेको पर्यटन व्यवसायीको भनाई छ । पोखरामा विभिन्न जातजातिको रहन सहन, कला सस्कृतीले पनि पर्यटनको पहिलो रोजाई बन्ने गरेको छ ।

सुन्दर पोखरामा फेवातालमा डुंगासंग रम्न, प्याराल्गाईडिङमा यात्रा गर्न तथा महेन्द्र गुफा र पातले छाँगा झरनाको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढेसंगै पर्यटन व्यवसाय पनि मौलाउन थालेको छ ।

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close