रुपन्देहीमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन। देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टाइनमा सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन्।
१७ भदौमा भारतबाट आएका उनको क्वारेन्टाइनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । ‘उनले आत्महतया गर्नुको कारण भनेखुलेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउँदा मत्यु भएको थियो ।
