सन्देश कोइराला-Tshorolpa.com
भदौ २०,दोलखा
नेपाली काँग्रेस दोलखा र भातृ संगठनहरु नेपाल तरुण दल र नवि संघले मेलुङमा खानेपानी सम्बन्धमा भयको घट्नाको विरोधमा शनिवार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन । प्रदर्शनमा खानेपानी को माग गर्न गएका सर्वसाधारणलाइ मुद्दा चलाएको भन्दै मेलुङ गाउँपालिका अध्यक्ष नरवहादुर श्रेष्ठको बिरोध गरिएको थियो।
विरोध प्रदर्शन पछि आयोजित कोण सभामा नेपाली बिद्यार्थी संघ दोलखाका अध्यक्ष भिम खडकाले तामाकोशीमा पनि पहिले यस्तै भयको र अहिले मेलुङ मा यस्तै भैरहेको ,नेकपाको सरकार वडा देखि केन्द्र सम्म लुट मच्चाइरहेको र यो बिरुद्द नेपाल बिद्यार्थी संघले आवाज उठाइराख्ने बताए।वडा देखि केन्द्र सम्म कम्युनिस्टले लुट मच्चायको भन्दै प्रधानमन्त्री केपि शर्मा ओलि र दोलखाका प्रतिनिधि सभा सदस्य मन्त्री पार्बत गुरुङको समेत पुत्ला दहन गरियको थियो।
नेपाली काङ्ग्रेस दोलखाका नेता बर्मा लामाले भ्रष्टाचारमा डुवेका दोलखाका कम्युनिष्ट आफूलाई राजा महाराजा ठान्दै न्यायिक माग राख्ने सर्व साधारण उपभोक्तालाई मुद्दा लगाई जनताको मुख थुन्न लागिपरेको बताए । मेलुङ गाउँपालिकाकै स्थायी वासिन्दा समेत रहेका नेता लामाले जनताले आफ्नो जायज माग राख्न जाँदा जनतालाईनैं दुब्र्यवहार गर्ने अध्यक्ष नर श्रेष्ठले स्थानीय उपभोक्तालाई लगाएको मुद्दा भोली सम्म फिर्ता नलिएमा स्थानीय जनता गाउँपालिका अध्यक्षलाई पालिका प्रबेश गर्न रोक्ने सम्मको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए ।
नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्लेले राणा तथा राजाले दमन गर्न नसकेको जनताका न्यायिक आवाज अहिलेका कम्युनिष्टका स्थानिय तहका छोटेमहाराज हरुले थुन्न नसक्ने बताएका थिए ।
खानेपानी माग गर्न गएका निर्दोष जनताहरुलाई प्रहरी दमन गर्दै मुद्दा लगाउने जस्तो निच हर्कत बिरुद्द आवाज उठाइ राख्ने चेतावनी दिए ।
मेलुङ गाउँपालिकाको अरले खानेपानी योजनाको बजेट रकमान्तर गर्ने उद्देश्यका साथ अध्यक्ष नर श्रेष्ठले मेलुङ गाउँपालिका वडा न.४ का वडा अध्यक्ष छत्रबहादुर तामाङ लाई समेत थाहा पत्तै नदिई अन्यत्र खानेपानी को सर्भे गर्न निर्देशन दिएपछि भदौ १८ गते विरोध पत्र बुझाउन गएका उपभोक्ता मध्ये प्रहरी प्रशासन लगाई राजनैतिक प्रतिशोध स्वरुप ५ जनालाई थुनामा राख्न लगाई अध्यक्ष श्रेष्ठले मुद्दा दायर गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले बताएको छ।
स्थानीय विवादलाई स्थानीय स्तरमै समाधान गर्न आग्रह गरिएपनि अध्यक्ष श्रेष्ठको दम्भका कारण राप्रपाका केन्द्रीय सदस्य सहित उपभोक्तालाई मुद्दा लगाईएको छ ।
दोलखा नेपाली काग्रेसको आन्दोलन -सभार Ganesh Tamang
https://www.facebook.com/gtamang2/videos/3446946478697454/?t=1
