छोटेलाल गुप्ता कानु
बाजुराको त्रिवेणीमा नेकपा छेड्नेहरको लहर लगेको छ । सोमबार मात्रै त्रिवेणी नगरपालिकाको वडा न। ६ पन्धारा, नेपाली टोल र बुढाटोलका २ सय घरपरिवार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको छन .पछिलो समयमा नेकपा छोडेर काग्रेस प्रबेश गर्निको लहर बढेको मिन बहादुर भण्डारीले अन्लाइन खबरलाइ बताएका छन ।

माओवादीका पुर्व जनमुक्ती सेनाका कमाण्डर मनोव विक सहित वडा नं ६ का २ सय घघरपरिवार नै नेपाली काँग्रेसमा प्रवेश गरेको भण्डारी जानाकारी दिए । सम्पुर्ण नव प्रवेसी हरुलाइ पुर्व पार्टी सभापती मान बहादुर रावलले नेपाली काँग्रेसमा स्वागत गरेका हुन्।
पछिलो समयमा बिभिन्न जिल्लामा नेकपा बाटा काग्रेसमा प्रबेस गर्निको लहर बढेको छ।
