सुनिता खडका
विश्वव्यापी रुपमा अातङ्क फैलाई रहेकाे [covide-19] काेराेना श्वाशप्रश्वाशकाे माध्यम बाट सर्ने राेग हाे । याे संक्रमित व्यक्तिले खाेक्दा वा हाछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिट्टाकाे माध्यमबाट एक व्यक्तिबाट अार्काे व्यक्तिमा सर्दछ । नेपालमा अहिले याे लेख लेख्ने बेला सम्मकाे तथ्यांक अनुसार मृत्यु हुनेकाे सङ्ख्या २२१ छ ।
सङ्क्रमितकाे सङ्ख्या ३८५६१ रहेकाे छ र निकाे हुनेकाे सङ्ख्या २०८२२ रहेकाे छ।यस तथ्यांकबाट के देखिन्छ भने काेराेना भाईरसकाे कुनै अाैषधि छैन भने निकाे चाहि कसरी भयकाे हाे त। याे तथ्यांक अनुसार काेराेना भाईरसकाे कारण मृत्युुकाे सम्भावना बढिमा १.२ देखि ४% सम्म रहेकाे देखिन्छ।
कुनै पनि राेग नै नलागेकाे निराेगि ब्यक्ति काेराेना भाईरसकाे कारन मरेकाे छैन।याे भाईरस लागेकाे भन्ने थाहा पाय पछि सावधानी अाफुले अपनाउने हाे।यस धर्तीमा जन्म लिय पछि कुनै पनि जिव त्यतिकै लाेप भएर जादैन।२०७६/१२/११ गतेका दिन देखि नेपल सरकारले काेराेनाकाे महामारि फैलिन नदिन देश भर लकडाउनकाे घाेषणा गर्याे।
पहिलाे पटककाे लकडाउन लगभग तिन महिना सम्म लम्बियाे।त्यतिबेला पनि हजाराैकाे सङ्ख्यामा मानिसहरु अलपत्र परेका थिय।पहिलाे लकडाउनमा त कमसेकम मध्यम बर्गियहरुले जसाे तसाे जिबिकाेपार्जन गरेका थिय। अब फेरि याे दाेश्राे पटककाे लकडाउन त मध्यम बर्गियहरुलाई नै धान्न मुस्किल परिसकेकाे छ। अाखिर कहिले सम्म सरकार याे लकडाउनकाे नाटक ? साधारन जनताले काम गरेर कसरी खाने ,सरकारले जनताकाे जिम्मा लिन सक्नु पर्यो । काेराेना लाेपभयर जानेवाला छैन र सजिलै यस्काे अाैषधि पनि पाउला जस्तो छैन के सधै लकडाउन नै गरिरहने हो ? लकडाउन हाेईन हाम्रो जिवन शैलि परिवर्तन गर्नु पर्ने देखिन्छ।जसरी एड्स , स्वयन फ्यु अादिकाे भाईरस बाट जाेगिन हामीले सावधानी अपनायाै त्यस्तै काेराेनाकाे लागी पनि सावधानि अपनायर अगाडि बड्ने बेला अायकाे छ।
इतिहास र विज्ञान यही भन्छ ।Survival of the fittest भनेको यही हो।कोरोना संग लुक्ने हो भने मानव सभ्यता नै नष्ट हुन सक्छ। तपाई हाम्रो स्वाब टेष्ट गर्ने हो भने पनि पोजिटिभ आउन सक्ने सम्भावना ५०% छ। पोजिटिभ नेगेटिभ जे पनि आउन सक्छ किनभने टेस्टिङ किटमै not for medical purpose भनेर लेखेको छ।
स्वास्थ्यमा सावधानी सबै रोगमा अपनाउनै पर्छ याे कुनै नया कुरा पक्कै हाेईन। त्यसैले सरकार कोरोना आतङ्क बन्द गरौँ ।मानिसको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गरौं।काेराेना राेगीलाई हेला हाेईन हाेसला प्रदान गराै।राेगले भन्दा समाजमा हुने छि छि दुरदुरले बढि नकारात्मक प्रभाव परिरहेकाे छ।काेराेना बिरुद्ध सबै अलग अलग रहेर लडाैं। भिडभाड नगराै, नगराअाैं, भिडभाडमा जादा माक्स अनिवार्य लगाउ र हातले अनावश्यक ठाउँमा नछाेअाैं।
कुराकानी सकियो
सन्देश टाइप गर्नुहोस्…
