विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना (कोभिद १९) संक्रमण रोकथामका लागि सबैभन्दा प्रभावकारी माध्यमको रुपमा रहेको मास्क वितरण लाई प्रभावकारी रुपमा समुदाय सम्म पुर्याउने हेतुले आज काठमाडौं मा आयोजित एक कार्यक्रमको अवसरमा सामाजिक क्षेत्रमा क्रियाशिल दुई संस्था पद्मोत्थान र नेपाल नारी चेतनशिल संघ बिच सहकार्य गर्ने सहमती भएको छ ।
समुदाय स्तर मै कोरोना संक्रमण बढीरहेको वर्तमान अवस्थामा न्यून आयस्तर भएका समुदायमा प्रभावकारी रुपमा मास्क वितरण गर्ने प्रतिवद्ध्ता नेपाल नारी चेतनशिल संघ कि अध्यक्ष प्रभा कुमारी ढुंगेल ले व्यक्त गर्नुभयो । सोही अवसरमा पद्मोत्थान का अध्यक्ष पारस वाग्ले ले सामाजिक कार्यहरुमा आगामी दिन हरुमा दुबै संस्था सहकार्य गर्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लक्षित समुदायमा वितरण गर्नका लागि पद्मोत्थान ले नेपाल नारी चेतनशील संघ लाई ५०० थान सर्जिकल मास्क संस्था गत सहकार्य को अवधारणा अनुसार सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

