समाचार

नेपालमा पहिलोपटक कोरोना भाइरसबाट एक महिलाको मृत्यु

[mashshare]

नेपालमा पहिलोपटक एकजनाको ज्यान गएको छ ।  शनिबार कोरोना भाइरस कै कारण एक २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत १० दिनकी सुत्केरी महिलाको मृत्यु भएको हो। १० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् । सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो नेपालमा कोरोना संक्रमितको संख्या भने २८१ पुगेको छ।

 

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close