समाचार

छैन मानवता ढल्या, “हाम्रो टिम नेपाल” ३८  दिन देखि सेवा दिदै ।

[mashshare]

जेनिस खडका

सेवामूलक भनिएका कतिपय अस्पतालको ढोकामा सर्वसाधारणका लागि काँडेतार लगाइएको छ । भोकले ब्याकुल मानिसहरुका लागि मूल्य बढाएर खाद्य सामग्री कालोबजारी गर्न उद्यत छन् कतिपय मानवताविहीन मानवहरु एकातिर स्वास्थ्य सामग्रीम अभाब पार्न पनि तेतिकै छन ।
कोहि सामाजमा , भोकाएर पेट मिच्दै बरालिएकाहरुलाई खाना खुवाइरहेका छन् सहयोगी हातहरु जो निरन्तर नै लागिरहेको देखिन्छ । नाफा नोक्सानको क्रूर गोलचक्कर भन्दा बाहिर अझै पनि कतै मानवता बाँचिरहेको छ ।

लकडाउन सँगै ठेकदार गायव भएपछि सबै होटल अनि ब्यवासाई बन्द हुदा राहत कुरेर बस्ने अवस्था आइपर्‍यो । तर तेस्ता मजदुरर्लाइ “हाम्रो टिम नेपाल” द्वार निशुलका खाना खाध्यान तथा पानि  सहज बनाएको छ ।हरेक बिहान-बेलुका निरन्तर मोटरसाइकलमा खाना लिएर ” हाम्रो टिम नेपाल” मानव सेवा आश्रम हस्पिटल विभिन्न ठाउमा पुग्छ्न । अनि मजदुर तथा बेवारिसे अलपत्र परेका नागरिक प्याकेटको  खाना लिन लामवद्ध हुन्छन् ।

” हाम्रो टिम नेपाल”  ३८  दिनदेखि वेवारिसे तथा सडकमा भएकालाई खाना खुवाउँदै आएको छ । उनीहरु काठमाडौँको बौद्द होटल, हायत होटल,  थापाथली हस्पिटल, बिर हस्पिटल, महाकाल मन्दिर, रातोपुल, सुकेधार ,कोटेश्वर,छेत्रपाटी,सिभिल हस्पिटल ,बालाजु, अन्मानगर, गौरीघाट ,लगायत विभिन्न अस्पतालमा पुगेर भोकै पेट बस्न बाध्य बिरामी तथा कुरुवहरुको छाक टारिदिन्छ । ” हाम्रो टिम नेपाल” स्वेमसेवकहरुले पिपिई र मास्क लगाएर खुशीहुँदै हातमा थाल समाएकाहरुलाई मानवता पस्किन्छन् । दैनिक ३ सय देखि [३५०]तीन सय पचास जना सम्मलाई खाना खुवाउने गरेको ” हाम्रो टिम नेपाल” कोर्डिनेटर बिमल पन्त र मिलन कुमार बोगटीले बताए ।

हामीलाई स्वतस्फुर्त सहयोगहरु दिनुहुन्छ । कसैले जन्म दिनको अवसर परेर सहयोग गर्नु भएको छ । कोहि पितृ श्राद तिथिको दिनमा खाधान्न सहयोग गर्नु हुन्छ, भने कोहीले आर्थिक  सहयोग पनि गर्नुहुन्छ हामीलाई इस्थानिय लगायत सबैको सहयोगी हात छ  च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै बिमल पन्तले हाम्रो अभियान भनेको कोहि भोको नाङ्गो नहुन भन्दै मिठो मुद्रमा मुस्कुराउदै आज ३८ दिन भएको ११ हजार जानलाई खाना दिएको समेत बताउनु भयो ।’

हस्पिटल हस्पिटलमा प्याकेटको खाना

‘हरेक दिन 3 सय ५०  जानलाई खाना दिन सजिलो छैन । तर, हामी लागिरहेका छौँ  सुजन दाहाल बताउनु हुन्छ ।  हाम्रो च्छोरोल्पा खबर सग कुरागर्दै   ‘ज्यामीहरु भन्छन् खाना नखाएको धेरै दिन भएको थियो, तातो भात खाएपछि मज्जाले बाचिन्छ जस्तो लग्यो धेरै धन्यबाद,” हाम्रो टिम नेपाल” को सम्पुण टिमलाई भन्दै रमाउदै एक बृद्ध पुरुष आएर भन्नुभयो की विरामी मेरो बुढी र मैले खाना पकाउन सक्दैनौँ र पकाउने कुरा पनि छैन । तपाईको खानाले बाँचिरहेका छौँ । विद्यार्थीहरु आएर भन्नुभयो ग्यास सकिएकाले भात पकाउन पाएँनौँ । आज चाही आमालाई भात खाए भनेर फोन गरे भन्दै मुस्कुराउनु भयॊ । सुत्केरी महिलाले भन्नुभयो कि खान नपाएर बच्चाका लागि राम्रोसँग दूध पनि आएन । अहिले बल्ल पेटभरि खाना  पाएँ सदै लिएर आउनु हुन्छ उहाहरुलाई धन्यबाद दिदै भानु भयो मानबियता हराएको रहेनछ ।’

” हाम्रो टिम नेपाल”ले अहिले ११ हजार जनाको भोको पेट भरायो मिलन कुमार बोगटी जानकारी दिनु भयो ।’ ९ जना स्वमंसेवकले दैनिक ४ बोरा चामल, झण्डै ८० किलो तरकारी, एक १५ केजी  दाल पकाउनुहुन्छ ।’

सुरुमा त उनीहरुले ३०/३५ जनालाई खुवाएका थिए । लकडाउन थपियो । भोकाहरुको संख्या पनि बढ्यो ।सहयोगमा खाद्यान्न आउन थाल्यो । त्यसपछि दैनिक तिन ३ सय ५० जना बढीका लागि खाना तयार हुन थाल्यो ।अनामनगरमा  बिस्तारै ३ सय ५० जनाका लागि खाना पाक्न थाल्यो । सुरेस श्रेष्ठ, र कविता पौडेल भन्छिन्, धेरै लाइ खाना पाक्न थालेको दुइ हप्ता भयो।’विहानदेखि खानाका लागि तीन सयभन्दा बढी मजदुर, विद्यार्थी, अपांग्ता भएका व्यक्ति, अस्पतालका बिरामी, घाइते अशक्तहरु  कुरेर बसिरहेको हुन्छन् । र, प्याकेजिङ गरिएका खाना काठमाडौंको प्रतेक हस्पिटल ठाँउ ठाउँमा पुग्छन् ।

के देशमा घुसघोरी मात्र छ ? छलकपट मात्र छ ? छैन । ‘कतिले ग्यास दिनुभएको छ । कतिले  चामल दिनुहुन्छ । कतिले पैसा नै दिनुहुन्छ’,

लक्षमण धामी , भुमि अधिकारी,देब गुरुङ, बिनु थापा भन्छिन्, ‘एक अर्कालाई सहयोग गरेर बाँच्ने हाम्रो संस्कार मरेको रहेन छ । कोरोनाले मानिसका मानवता पनि जगाएको छ ।’

 

 

 

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close