कला र साहित्य

अब फेरि अर्को क्रान्तिले गुहारेको छ नेकपा दोलखाकी नेतृ : तारा तामाङ

[mashshare]
 अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
धिक्कार छ हाम्रो ती मतहरुको
अनि हाम्रो विश्वासको, हाम्रो पसिनाको
अनि रगतको अनि त्यो इमानदारीको
के साच्चै कुनै मोल छैन हाम्रो
योगदानको ?
रजाइँ यदि गर्नु थियोे भने किन सोचेनौ ?
रङ्ग यदि बद्लिनु थियो भने किन
सोचेनौ ?
राजा हौइनौ कोहि हाम्रो खुन पसिनाले
सिचेको फल हौ यदि मिठास दिन
सक्दैनौं
भने कुहिएर न बस बरु झरी देउ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
आफ्नो आफ्नो स्वार्थका लागि त पशु
पनि बाच्छन
किन नेता कहिलिनु बरु सम्हाल आफ्नो
घर बार
कतै न यो समाजको रहने छौ न घरको
रहनेछौ
आउदै छ त्यो दिन नजिकिदै छ त्यो दिन !
छैन यदि सोच साघुरो त
किन फराकिलो हुन सकेनौ ?
एउटा नेतृत्वमा न इमानदारी छ,न
नैतिकता छ
न आफ्नो कर्तव्य बुझेका छ्न,न कुनै
गोपनियता छ
कुन चाहिँ गुण छ?
जस्ले टेकायो यो राजनीतिमा ?
मात्र चाकडी जसलाई उठेको देखि शुरु गर्छौ !
सबै किन अटेनन त्यो दिमाग भित्र
मात्र सिमित रहयौ
म कहाँ छु भन्ने थाह छैन
चिया पसलको कुरा गल्लीहरुमा
र गल्लीहरुको कुरा घरहरुमा
विचार गरौं त एक पटक
यहि हुन्छ असल नेतृत्वमा
यहाँ देशको, समाजको हैन
चिन्ता हैन मात्र आफ्नो छ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !!
श्रजक -तारा तामाङ उहां नेकपा दोलखाकी नेतृ । अध्यक्ष महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखा

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close