समाचार

एकै दिन ८ जनामा कोभिड–१९ पोजेटिभ, प्रदेश १ मा ६ जना र चितवनमा दुई जनामा पोजेटिभ

[mashshare]

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसारका प्रदेश १ मा ६ जना र चितवनमा २ जना गरी ८ जनामा एकैदिन कोभिड–१९ पोजेटिभ देखिए कोभिड–१९ पोजेटिभ देखिएका सबै भारतबाट फर्किएकाहरु रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कोशी अस्पताल रहेको प्रयोगशालामा थ्रोट स्वाब परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै, चितवनमा २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । एकै दिन ८ जनामा कोभिड १९ पोजेटिभ देखिएको नेपालमा पहिलो पटक हो । यसअघि एकैदिन तीन जनासम्ममा कोभिड–१९ पुष्टी भएको थियो । यसँसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या २४ पुगेको छ ।

जसमध्ये पहिलो कोभिड १९ संक्रमित व्यक्ति भनेर उपचार पश्चात घर फर्किसकेका छन् । अन्य संक्रमितमध्ये ५ जनाको सेती प्रादेशिक अस्पताल, २ जनाको टेकु अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल र ४ जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जना संक्रमितको उपचार भैरहेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close