मध्यरातमा डाक्टर कुटने डिएसपी कार्बाहीमा:एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन ।

बैशाख ४ –काठमाण्डौं । डयूटी सकेर मध्यरातमा घर फर्कदै गर्दा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्सालको पद खोसिएको छ । परिचय पत्र देखाउदा पनि आफ्नो मर्यादालाई भुलेर एसपी उमेशले डाक्टर कुटेको समाचार आए पछि उनी कारबाहीमा परेका हुन् । महाराजगञ्जको वृत बटा उनी अनुसन्धानका लागि अहिले रानीपोखरी तानिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले उनी माथि थप कारबाहीको तयारी गरिएको समेत जानकारी दिनुभयो ।
बुधबार ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको थियो । प्रहरीले उक्त घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह, र काठमाडौंका परिसर डीएसपी होबिन्द्र बोगटी सदस्य छन् । लम्साललाई आवश्यक कार्बाहीको लागि महानगरीय प्रहरी कार्यलय रानीपोखरीले प्रेस विज्ञाप्ती जारी गरेको छ । अस्पताल प्रशासनले पनि लम्सालको आवश्यक कार्बाहीको माग गर्दै एक विज्ञप्ती जारी गरेको छ ।