कोरोना भाइरसको संक्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण दैनिकजीवन ठप्प परिरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि मेचीनगर वडा न. ७ प्यरीभिट्टा का सक्रिय युवाहरु मिलेर १६ घर परिवारलाई राहत स्वरुप चामल , दाल , नुन , तेल बितरण गरिएको छ् ।
७ वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको सामाजिक अभियानता समाजसेवी राजु सिबकोटी छोरोल्पा अनलाइन खबरलाइ जानकारी दिनुभयो। सिबकोटी रास्ट्रीय कराते खेलको कोच अनि रेफ्री समेत हुन । राहत प्याकेजमा १६० किलो चामल, १६ किलो दाल, १६ किलो चिनी, १६प्याकेट नुन, १६ लिटर तेल, २/२ वटा साबुन र अत्यावश्यक समाग्री बितरण गरिएको छ राहत वितरणको लागि नगद सहयोग सन्त बा. तामाङ र अमित सर्माले गर्नु भएको हो।
यस मेचीनगरको प्यारीभिट्टाका युवा खेलाडी साथी मिलेर बिपन्न घर परिवारलाई बितरण गरियको छ । सक्रिय युवाहरु मुक्ति काफ्ले , नारायण काफ्ले , कुमार सुब्बा , राजन तामाङ, सुवास बिस्ट , बिबेक मैनाली आशिष् गिरि लगायत को उपस्थितिमा राहत बितरण गरिएको थियो।
