समाचार

कोरोना नियन्त्रण कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड सहयोग

[mashshare]

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने हुनुभएको छ ।

आज विज्ञप्तिमार्फत पूर्वराजपरिवार आवद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

कोरोनाले देश र नागरिकमा भय र सन्त्रास पैदा गरेको भन्दै ‘लकडाउन’ बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको उहाँले बताउनु भएको छ।

उहाँले महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गर्नु भएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close